पोखरा महानगरमा कक्षा ८ को वार्षिक परीक्षा प्रणालीमा सुधार, ३३ परीक्षा केन्द्र तोकिने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा ,१९ पाैष २०८१

पोखरा महानगरपालिकाले कक्षा ८ को वार्षिक परीक्षा प्रणालीलाई थप व्यवस्थित बनाउने निर्णय गरेको छ। अब विद्यार्थीहरूले वार्षिक परीक्षा आफ्नै विद्यालयमा होइन, तोकिएका परीक्षा केन्द्रहरूमा दिनेछन्। महानगर शिक्षा समितिको शुक्रवार बसेको बैठकले यस्तो निर्णय गरेको हो।

महानगर शिक्षा समितिका अध्यक्ष तथा नगर प्रमुख धनराज आचार्यका अनुसार यो निर्णयले विद्यार्थीहरूलाई माध्यमिक शिक्षा परीक्षा (एसईई) को लागि पूर्व अभ्यास गर्ने अवसर प्रदान गर्नेछ। "हालसम्मको परीक्षा प्रणालीले विद्यार्थीहरूलाई नयाँ अनुभव दिन सकेन। यो परीक्षा एसईईको पूर्व अभ्यासका रूपमा विकसित गर्न आवश्यक छ," उनले भने।

तोकिएका परीक्षा केन्द्रहरूमा परीक्षा सञ्चालन गरिंदा विद्यार्थीहरूले नयाँ वातावरणमा परीक्षा दिनुका साथै अन्तरविद्यालयीय सहकार्यको अनुभव गर्नेछन्। "यसले विद्यार्थीलाई अन्य विद्यालयहरूको शैक्षिक र भौतिक अवस्थाको पनि अनुभव हुनेछ," शिक्षा महाशाखाका प्रमुख हेमप्रसाद आचार्यले बताए।

महानगरपालिकाले ३३ परीक्षा केन्द्र तोक्ने प्रस्ताव गरेको छ। यद्यपि, प्याब्सन, एन-प्याब्सन, युनिप्स, र पेसागत संघ-संगठनहरूसँग छलफलपछि मात्र अन्तिम निर्णय गरिनेछ।

यस वर्ष महानगरका १० हजार ५२२ विद्यार्थी कक्षा ८ को वार्षिक परीक्षामा सहभागी हुनेछन्। तीमध्ये ६ हजार ५ सय संस्थागत विद्यालयका र ४ हजार २२ सामुदायिक विद्यालयका विद्यार्थी छन्।

महानगरपालिकाले सामुदायिक विद्यालयहरूको व्यवस्थापनमा पनि ध्यान केन्द्रित गर्दै बाल विकास कक्षाहरूलाई अनिवार्य गरेको छ। यसले आधारभूत शिक्षामा सबै विद्यार्थीको पहुँच सुनिश्चित गर्न सहयोग गरेको जनाइएको छ।

महानगरले शिक्षा क्षेत्रमा समयानुकूल सुधार गर्दै आगामी दिनमा पनि विद्यार्थीहरूको सिकाइ र समृद्धिका लागि विभिन्न पहलहरू जारी राख्ने जनाएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15