ज्ञानु आचार्य,
पाेखरा , १८ पाैष ।
पर्यावरण, र मानवता संरक्षणमा केन्द्रित प्रकृति-मानव केन्द्रित जन अभियान, नेपाल को छैठौं राष्ट्रिय सम्मेलन भोलि पुस १९ गते देखि २० गतेसम्म पाेखरामा सुरु हुने भएको छ।
पोखरा महानगरपालिका, नदीपुरस्थित थकाली समाज घर मा आयोजना हुने यस सम्मेलनले वातावरणीय संरक्षण, दिगो विकास, र मानव जीवनका समकालीन चुनौतीहरूको समाधानका लागि नयाँ रणनीति तय गर्ने भएको छ।
सम्मेलनमा नेपालभरबाट करिब दुई सय प्रतिनिधिहरू सहभागी हुनेछन्।
पूर्व अध्यक्ष सन्तबहादुर घिसिङले सम्मेलनले अभियानका विषयगत एजेन्डाहरूमा छलफल गर्दै नयाँ नेतृत्व चयन गर्ने महत्त्वपूर्ण कार्यसूची पनि अघि बढाउने जानकारी दिनुभयो।
यो सम्मेलनले आजको समयमा मानव र प्रकृतिका लागि साझा चुनौतीहरूको समाधान खोज्न तथा नयाँ वैकल्पिक सामाजिक व्यवस्थाको आधार खडा गर्न वातावरणीय संकट र जलवायु परिवर्तनको सामना गर्ने उपायहरू, जैविक विविधताको संरक्षण र दिगो विकासका रणनीति, मानवताको दीर्घकालीन कल्याणका लागि वैकल्पिक सामाजिक नीति निर्माण, प्रकृति-मानव हितैषी समाज निर्माणका लागि सामूहिक संकल्प केन्द्रित बहस गर्ने लक्ष्य रहने छ।
सम्मेलनमा बिशेष गरि वातावरणीय र मानव संकटबारे विशेषज्ञहरूको विशेष प्रस्तुति, समूह छलफल, नयाँ रणनीति निर्माण, र भावी कार्ययोजना तथा अभियानलाई अगाडि बढाउन नयाँ नेतृत्व चयन हुनेछ।
सन् २००२ मा स्थापना भएको प्रकृति-मानव केन्द्रित जन अभियान ले विगत २२ वर्षमा नेपाल र सार्कस्तरमा विभिन्न कार्यक्रमहरू सञ्चालन गर्दै वातावरणीय चेतनाको जागरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको छ। नेपालमा यसअघि पाँच वटा राष्ट्रिय सम्मेलनहरू सम्पन्न गरिसकेको यो अभियानले छैठौं सम्मेलनमार्फत भविष्यका लागि थप प्रभावकारी योजना ल्याउने लक्ष्य राखेको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।