शिक्षा ऐन परिवर्तनको माग: पोखरामा अन्तर्क्रिया कार्यक्रम सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा, पुस ३
प्रजातन्त्रवादी प्राध्यापक संघ गण्डकी प्रदेश र नेपाल शिक्षक संघ कास्कीको संयुक्त आयोजनामा आयोजित अन्तर्क्रिया कार्यक्रममा शिक्षा ऐनमा आमूल परिवर्तन गर्नुपर्ने आवाज उठेको छ।
कार्यक्रममा शिक्षा प्रणालीमा देखिएका विकृति र समाधानका उपायहरूमा छलफल गरियो। सहभागीहरूले देशको आर्थिक विकास र समृद्धिको आधार नै शिक्षामा रहेको भन्दै शिक्षा क्षेत्रमा सुधारको खाँचो औंल्याए।

शिक्षाविद् तथा प्रा.डा. कुश्माकर न्यौपानेले विश्वविद्यालयमा कुलपति नियुक्तिमा देखिने विकृति अन्त्य गर्न जोड दिँदै प्राध्यापकहरूको अपमान बन्द गर्नुपर्ने बताएका छन्। उनले गणतन्त्रपछि विज्ञहरूको सम्मान गुमेको र कुलपति नियुक्तिका लागि राजनैतिक हस्तक्षेपको अन्त्य हुनुपर्ने धारणा राखे।

कार्यक्रममा प्राध्यापक भोलानाथ पौडेलले ५३ वर्ष पुरानो शिक्षा ऐनलाई अझै पनि प्रयोग गर्नुपर्ने बाध्यता रहेको भन्दै यसमा सुधार आवश्यक रहेको बताए।

कांग्रेस नेता नारायण प्रसाद साउदले शिक्षा ऐन संशोधन आवश्यक भएको र छिट्टै ऐन पारित गर्न पहल भइरहेको जानकारी दिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15