सुनौलो सहकारीको १७ औँ वार्षिक साधारणसभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पोखरा । 
पोखरा महानगरपालिका वडा नं ६, बैदामस्थित सुनौलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। साधारणसभाको उद्घाटन पोखरा महानगरपालिका सहकारी समितिका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथि रविरमण तिवारीले गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै तिवारीले सहकारी क्षेत्रको महत्वमा प्रकाश पार्दै वित्तीय अनुशासनमा रहेका सहकारीहरूमा बाहिर प्रचार भएजस्तो समस्या नरहेको स्पष्ट पारे। साथै, उनले समुदायमा आधारित सहकारीहरूमा तरलता बढी हुने भएकाले सचेत रहन सुझाव दिए।

साधारणसभामा उत्कृष्ट सदस्यका रूपमा कृशु पौडेल, शुसिल गुरुङ, बुद्धिनाथ पाण्डे, भिमबहादुर खड्का र दावा छिरिङ शेर्पालाई सम्मानपत्रबाट सम्मान गरिएको थियो। यसैगरी, सुनौलो शैक्षिक पुरस्कार अन्तर्गत आधारभूत तहमा सिष्मा गुरुङ र माध्यामिक तहमा ऐश्वर्या अधिकारीलाई नगद तथा प्रमाणपत्र प्रदान गरिएको थियो।

संस्थाका अध्यक्ष टिकाराम सापकोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष एवम् कार्यक्रम संयोजक भोजकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने सचिव सोमबहादुर थापाले कार्यक्रम सञ्चालन गरेका थिए।

सचिव थापाका अनुसार संस्थामा हाल १,९२९ जना शेयर सदस्य रहेको र शेयर पुँजी ६ करोड १ लाख रुपैयाँ रहेको छ। संस्थाको कुल वासलत २७ करोड ४५ लाख रुपैयाँ छ भने १८ करोड ८५ लाख रुपैयाँ निक्षेप संकलन गरी १८ करोड ३१ लाख रुपैयाँ ऋण परिचालन गरिएको जानकारी दिए। साथै, सहकारीलाई प्रविधिमैत्री बनाउँदै आवश्यक नीति तथा कार्यविधि निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे।

साधारणसभाले सचिवको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन र वार्षिक बजेट सर्वसम्मत पारित गरेको छ। कार्यसमिति सदस्य तथा विनियम उपसमिति संयोजक रामचन्द्र शर्माद्वारा प्रस्तावित विनियम निर्माण प्रस्ताव पनि पारित गरिएको थियो।

कार्यक्रममा संस्थाका सल्लाहकार डम्बरबहादुर के.सी., गणेशबहादुर भट्टराई, बिष्णुबहादुर गुरुङ, कानुनी सल्लाहकार दामोदर अधिकारी र जिल्ला सहकारी संघकी प्रतिनिधि मैना देवी रावतले आ-आफ्नो विचार व्यक्त गरेका थिए।

साधारणसभामा ऋण उपसमिति संयोजक जीवनराज सापकोटाले ऋण लगानी र असुली प्रक्रियाबारे जानकारी गराएका थिए। संस्थाका अध्यक्ष टिकाराम सापकोटाले सदस्यहरूको निरन्तर साथ र सहयोगमा सहकारीको गरिमा थप उच्च बनाउने विश्वास व्यक्त गर्दै धन्यवाद ज्ञापन गरे।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15