कविता : लुप्त मानवता
धर्तीमा आफ्नो अस्तित्व तिमि, बचाइ राख्नु है
म दानव रुपि मानव सम्झी, भुलाइ बस्नु है।
गिद्द हुँ हेर छाड्दिन सिनो, गर्दिन भलाइ
मानबता सबै बेचेर आय, माफ गर्देउ मलाई ।।
रुदैंमा रैछन, भोकमा आँखा,भिजाइ परेला
खालीमा पेट, सुसेली हाली, रुदैंछन जुरेला ।
बाटोमा खाली पेटि छन् सबै, ठाउँ छैन बस्नलाई
सरकार पनि लुट्नैमा ब्यस्त, खाेई जनताको भलाइ।।
बाटोमा गल्ली,कुकुरका लस्कर, अस्मिता जोगाए
भोका र प्यासा, आकुलव्याकुल, लुस्दैमा अघाए ।
मधुर बोली सुन्दिने कस्ले, घेर्दै छन मलाई
मर्न देउ बरु रोपि देउ भाला, बाली देउ सलाई ।।
बन्दमा कोठी, थुनेर आवाज, निरिह बनाए
दिदी र बैनी,हैन र म नि, भन्दैमा कराए ।
उत्तेजित तिम्रा मनको भाव, नपोख्नु मलाई
स्वीकार्य छैन, स्पर्श तिम्रो, जलाइ देउ भो मलाई ।।
✍️ जीवन सापकोटा
मादी गाउँपालिका -४, तारकाङ्ग, कास्की ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।