पातलियाे गाउँ ( कविता)
✍️ तेजप्रसाद निउरे ( २०८२ बैशाख २७)
गाउँमा बत्ति बल्याे अनि बाटो पिच हुन्छ
छरछिमेकि बसाई सरे मेरो मन रुन्छ ।
पहिले हामि खेतबारी बन जंगल गर्याै
उत्पादन हुन थाल्याे हामी शहर झर्याै ।
गाउँमा स्कुल बनाइछाड्याै भवन झनै ठुला
वाटाेघाटाे पाटि पाैवा अनि सिचाइ कुला ।
गाउँमा मान्छे बस्न छाड्दा पातलियाे गाउँ
बिकास जति गाउँमा पुग्यो मान्छे अर्को ठाउँ।
पहिला पहिला खेति गर्ने बारी बने बाँझा
देशमा मान्छे बस्न सक्ने नीति के हाे साझा ।
गाउँमा हेर्याे घर जति खाली हुदै गए
शिक्षा स्वास्थ राेजगार भन्दै शहरिया भए।
गाउँमा काेहि हुन्नन युवा बृद्धमात्रै बस्छन
१६ बर्षे लक्काजवान माैलानतिर पस्छन ।
गाउँ जत्ति रित्तिएछ हेर्दा बैराग लाग्ने
देशमा काेहि नबसेर पुजि मात्रै माग्ने ।
युवा जान्छन् विदेश तिर बुढााबुढि गाउँमा
आमा सहित बच्चा शहर शिक्षा लिने नाउँमा ।
उब्जाउ जति घट्न थाल्यौं बाझाे भयो खेत
उत्पादन घट्याे अब छैन हामीलाई चेत ।
गाउँमा स्कुल छदैछ त शहर किन झर्नु
त्यहीँ स्कुलमा पढ्न छाडि वजार किन सर्नु ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।