सुजन आचार्य , बागलुङ ।
बागलुङ जिल्लाको जैमिनी नगरपालिका–१ कुश्मीसेरामा आयोजना हुने माघेसक्रान्ति मेला तथा जैमिनी कप–२०८१को तयारी तीब्र पारिएको छ ।
सहारा क्लवको आयोजनामा यहि पुष २७ गतेदेखि माघ २ गतेसम्म हुने माघे सक्रान्ति मेला तथा जैमिनी कपको तयारी तीब्र पारिएको क्लवका अध्यक्ष सुरेश सुनारले जानकारी दिए । मेला तयारीको करिब ७० प्रतिशत काम सम्पन्न भएको अध्यक्ष सुनारको भनाई छ ।
मेलाको अवसरमा वडा स्तरीय खुल्ला पुरुष भलिबल, खुल्ला महिला भलिबल, खुल्ला एकल नृत्य प्रतियोगिताको आयोजना गरिएको छ । मेलाको अवसरमा कृषि उपज तथा पशु प्रदर्शनी, झाँकी, भजन, सालैजो, सोरठी प्रदर्शन गरिनेछ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुनेले १ लाख १५ हजार ५५५ रुपैयाँ, शिल्ड, मेडल र प्रमाणपत्र पाउने छ । द्धितीय हुनेले ५५ हजार ५५५ रुपैयाँ पाउनेछ । तृतीय हुनेले २७ हजार ५५५, सान्तवना हुनेले १४ हजार ५५५ रुपैयाँ पाउनेछ ।
खुल्ला महिला भलिबल प्रतियोगितामा प्रथम हुनेले १२ हजार ५५५, द्धितीय हुनेले ८ हजार ५५५ र तृतीय हुनेले ६ हजार ५५५ रुपैयाँ पाउनेछन् ।
कृषि उपज तथा पशु प्रदर्शनी, झाँकी, भजन, सालैजो, सोरठीकोलागिपनि विशेष पुरस्कार राखिएको आयोजकले जनाएको छ ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।