‘मेरिबास्सै’ का नक्कली प्रचण्ड, घनश्याम गौतम गम्भीर अवस्थामा, सहयोगको अपिल

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं,  २५ पाैष २०८१। 

चर्चित हास्य कलाकार तथा लेखक घनश्याम गौतम, जसले लोकप्रिय हास्य सिरियल ‘मेरिबास्सै’ मा नक्कली प्रचण्डको भूमिकामा दर्शकको मन जित्नुभएको थियो, अहिले गम्भीर स्वास्थ्य समस्यासँग संघर्ष गरिरहनुभएको छ। उहाँलाई हाल काठमाडौंको KMC अस्पताल, सिनामंगलमा हाईकेयर उपचारमा राखिएको छ।

जीवनभर आफ्नो कलाले लाखौँ नेपालीलाई हसाउँदै, रुवाउँदै, र गहिरो सन्देश दिनुभएका गौतमको यो अवस्था सुनेर उनका प्रशंसक, शुभचिन्तक, र कलाकारिता क्षेत्रका व्यक्तित्वहरू चिन्तित भएका छन्।


घनश्याम गौतमकी श्रीमतीले फेसबुक मार्फत अपिल गर्दै भक्तपुर क्यान्सर अस्पतालमा भएको लापरवाहीले उहाँको स्वास्थ्य झन् जटिल बनाएको गुनासो गर्नुभएको छ। “अस्पतालले गल्ती स्वीकारे पनि चुप बस्न दबाब दिइएको छ। मलाई आर्थिक प्रलोभन देखाएर न्यायबाट वञ्चित गर्न खोजिएको छ। यो मेरो आत्मसम्मानको विषय हो, मलाई न्याय चाहिन्छ,” उहाँले भावुक हुँदै भन्नुभयो।


शुभचिन्तकहरूले उहाँप्रति सकारात्मक ऊर्जा पठाउन र सकेको सहयोग जुटाउन सबैलाई आह्वान गरेका छन्। “सहज परिस्थितिमा सबै उहाँको साथमा थिए, अब यो असहज परिस्थितिमा उहाँलाई एक्लो महसुस गराउन हुँदैन। उहाँका लागि प्रार्थना र सहयोग आवश्यक छ,” परिवार र साथीभाइले भने।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।