पुस १५ गते भृकुटीमण्डपमा च्याउ परिकार महोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पाैष ५ । 

च्याउ उत्पादक किसान सङ्घले छैटौं ‘राष्ट्रिय च्याउ दिवस’ पुस १५ गते भृकुटीमण्डपस्थित खेल मैदानमा भव्यताका साथ मनाउँदैछ। महोत्सवमा च्याउका विविध परिकार, च्याउ खेतीका डेमोस्ट्रेसन, र लाइभ आर्ट प्रदर्शन गरिनेछ। करिब ४० स्टलहरूमा च्याउका स्वादिष्ट परिकार चाख्न र किनमेल गर्न सकिनेछ।

महोत्सवमा अध्ययन, अनुसन्धान, र च्याउबारे जनचेतना फैलाउने कार्यक्रमहरू पनि आयोजना गरिने छन्। किसानहरूलाई च्याउ खेतीसम्बन्धी उपकरण र प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ। महोत्सवमा प्रवेश निःशुल्क हुनेछ।

सङ्घले च्याउ किसानको व्यवसायिक सुरक्षा र रैथाने च्याउको प्रवर्द्धनलाई मुख्य लक्ष्य राखेको छ। १०,००० भन्दा बढी अवलोकनकर्ताहरू आउने अपेक्षा गरिएको छ।
अहिले भारत बाट पुर्ण रुपमा च्याउ आउन बन्द भएकोले गर्दा कन्ये , गोब्रे तथा सिताके लगाएतका च्याउमा नेपाल आत्मनिर्भर बनाउन , प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देशभर करिब १ लाख भन्दा बढी व्यक्तिहरु राेजगार गराउन च्याउ उत्पादक किसान संघकाे महत्त्वपूर्ण भुमिका रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15