पुस १५ गते भृकुटीमण्डपमा च्याउ परिकार महोत्सव

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, पाैष ५ । 

च्याउ उत्पादक किसान सङ्घले छैटौं ‘राष्ट्रिय च्याउ दिवस’ पुस १५ गते भृकुटीमण्डपस्थित खेल मैदानमा भव्यताका साथ मनाउँदैछ। महोत्सवमा च्याउका विविध परिकार, च्याउ खेतीका डेमोस्ट्रेसन, र लाइभ आर्ट प्रदर्शन गरिनेछ। करिब ४० स्टलहरूमा च्याउका स्वादिष्ट परिकार चाख्न र किनमेल गर्न सकिनेछ।

महोत्सवमा अध्ययन, अनुसन्धान, र च्याउबारे जनचेतना फैलाउने कार्यक्रमहरू पनि आयोजना गरिने छन्। किसानहरूलाई च्याउ खेतीसम्बन्धी उपकरण र प्रक्रियाबारे जानकारी प्रदान गरिनेछ। महोत्सवमा प्रवेश निःशुल्क हुनेछ।

सङ्घले च्याउ किसानको व्यवसायिक सुरक्षा र रैथाने च्याउको प्रवर्द्धनलाई मुख्य लक्ष्य राखेको छ। १०,००० भन्दा बढी अवलोकनकर्ताहरू आउने अपेक्षा गरिएको छ।
अहिले भारत बाट पुर्ण रुपमा च्याउ आउन बन्द भएकोले गर्दा कन्ये , गोब्रे तथा सिताके लगाएतका च्याउमा नेपाल आत्मनिर्भर बनाउन , प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा देशभर करिब १ लाख भन्दा बढी व्यक्तिहरु राेजगार गराउन च्याउ उत्पादक किसान संघकाे महत्त्वपूर्ण भुमिका रहेको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।