श्री ज्ञानोदय विद्यालयको २६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

सुजन आचार्य

बागलुङ , २५ पाैष २०८१ । 

बागलुङको जैमिनी नगरपालिकाको वडानम्बर ५, बिनामारेमा अवस्थित श्री ज्ञानोदय प्राथमिक विद्यालयको २६औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष श्री ठगबहादुर क्षेत्रीको उपस्थितिमा र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण उपाध्यायको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएकाे छ। 

कार्यक्रममा विशिष्ट अतिथि शिक्षा समिति सदस्य श्री भवानी आचार्य, जनप्रतिनिधिहरू विष्णु शर्मा, मिनु बिक, लक्ष्मीदेवी चापागाईं, स्वास्थ्यचौकी बिनामारेका प्रतिनिधि टक केसी, छिमेकी विद्यालयका प्रधानाध्यापकहरू कृष्ण पुरी, रामुजी बिक, र विष्णु थापा, वडा बालमैत्री सहजकर्ता दीपक क्षेत्री, नेकपा (एमाले) वडा कमिटी अध्यक्ष कृष्णराज पन्त, नेपाली कांग्रेस र माओवादी केन्द्रका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा अन्तर-प्राथमिक विद्यालय स्तरको विभिन्न प्रतियोगिताहरू, जस्तै: हिसाब दौड, श्रुतिलेखन, र अनुलेखन सञ्चालन गरियो। साथै, लोक कल्याणकारी भजन समूह, प्रगतिशील आमा समूह र विद्यार्थीहरूले भजन, नृत्य, र खेलकुद प्रस्तुत गरेका थिए।

विद्यालयलाई २० वर्षभन्दा लामो समयदेखि नेतृत्व प्रदान गरेका बालकृष्ण उपाध्याय र रूपनारायण शर्मालाई दोसल्ला र प्रमाणपत्रसहित सम्मान गरिएकाे छ। यसैगरी, नगरस्तरीय वार्षिक परीक्षा २०८० मा प्रथम स्थान हासिल गर्न सफल विद्यार्थी प्रशान्त आचार्य र अञ्जली पौडेललाई पनि सम्मान गरिएकाे छ।

विद्यालयका प्रधानाध्यापक नारायण पौडेलले आर्थिक तथा शैक्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए। कार्यक्रम शिक्षक राम पौडेलले सञ्चालन गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।