पोखरा, जेठ २०, २०८३
मानवअधिकारका लागि महिला, एकल महिला समूह कास्कीको चौथो साधारणसभा तथा पहिलो अधिवेशनले नयाँ नेतृत्व चयन गरेको छ। अधिवेशनबाट विष्णु श्रेष्ठ अध्यक्षमा निर्वाचित भएकी छिन्।
नवनिर्वाचित कार्यसमितिको निवर्तमान अध्यक्षमा जूना केसी, उपाध्यक्षमा सकुन्तला केसी, सचिवमा रुपकला गुरुङ तथा कोषाध्यक्षमा सुशीला तिवारी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा सरस्वती कार्की, रिना शर्मा रेग्मी, तारा परियार, कल्पनाकुमारी पौडेल, लक्ष्मी अधिकारी र सुशीला घिमिरे निर्वाचित भएका छन्।
पोखराको सृजनाचोकस्थित साईमन पार्टी प्यालेसमा सम्पन्न अधिवेशनले एकल महिलाको हक, अधिकार, सशक्तीकरण तथा सामाजिक सहभागितालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। समूहले विभिन्न कारणले एकल जीवन बिताइरहेका महिलाहरूलाई संगठित गर्दै आर्थिक सशक्तीकरण, आत्मनिर्भरता, सचेतना अभिवृद्धि तथा समृद्धिका लागि निरन्तर कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।