जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

कास्की , ०८२ फागुन २७ ।

जेन्जी आन्दोलनसँग सम्बन्धित मुद्दा फिर्ता लिन तथा थुनामा रहेका आन्दोलनकारीहरूको निशर्त रिहाइ गर्न माग गर्दै आन्दोलन प्रभावित पक्षले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्कीलाई निवेदन दिएका छन्।
जेन्जी आन्दोलन मुद्दा पीडितहरूको तर्फबाट राजन श्रेष्ठ तथा अभिभावकको तर्फबाट विवेक नाल्मीले राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका सभापति/जिल्ला संयोजकलाई सम्बोधन गर्दै उक्त निवेदन बुझाएका हुन्।
निवेदनमा प्रतिनिधि सभा निर्वाचन २०८२ मा देशभर अभूतपूर्व जनमत प्राप्त गर्दै दुई तिहाइ नजिक सफलता हासिल गरेको तथा कास्कीका तीनवटै निर्वाचन क्षेत्रमा विजय हासिल गरेकोमा राष्ट्रिय स्वतन्त्र पार्टीलाई बधाई तथा शुभकामना व्यक्त गरिएको छ। साथै उक्त जनादेशले देशमा राजनीतिक परिवर्तन, सुशासन तथा जनअपेक्षा सम्बोधन हुने आशा जगाएको उल्लेख गरिएको छ।
निवेदनमा विशेष गरी युवाहरूको सक्रिय सहभागिताबाट अघि बढेको जेन्जी आन्दोलनले तत्कालीन सरकारको विस्थापन र नयाँ राजनीतिक दिशातर्फ देशलाई अग्रसर गराउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिएको छ। सो आन्दोलनप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सहानुभूति तथा समर्थन जनाउँदै जनतासामु प्रतिबद्धता व्यक्त गरेको स्मरण गराइएको छ।
तर आन्दोलनका क्रममा विभिन्न आन्दोलनकारीमाथि दायर गरिएका मुद्दाहरू अझै कायम रहेको तथा कतिपय आन्दोलनकारीहरू पुर्पक्षका लागि थुनामा रहनु परेको भन्दै त्यसप्रति ध्यानाकर्षण गराइएको छ। लोकतान्त्रिक आन्दोलनमा सहभागी नागरिकहरूलाई कानुनी झमेलामा राखिनु न्यायोचित नहुने निवेदनमा उल्लेख गरिएको छ।
उक्त निवेदनमार्फत आन्दोलन पक्षले तीन प्रमुख माग अघि सारेका छन्। जसअनुसार जेन्जी आन्दोलनका क्रममा दर्ता भएका सम्पूर्ण राजनीतिक प्रकृतिका मुद्दा तुरुन्त फिर्ता लिनुपर्ने, पुर्पक्षका लागि थुनामा रहेका आन्दोलनकारीहरूलाई बिना शर्त तत्काल रिहा गर्नुपर्ने तथा आन्दोलनमा संलग्न नागरिकमाथि कुनै प्रकारको राजनीतिक प्रतिशोध वा कानुनी दबाब नपर्ने सुनिश्चितता गर्नुपर्ने माग गरिएको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15
बागलुङ क्षेत्र नं २ का प्रतिनिधि सभा उम्मेदवार ज्ञामनाथ गैरेकाे मतदातालाई अपिल
10-Magh-2082 9:55:43