पाेखरा ।
२४ ,पाैष २०८१
पहिलो संस्करणको भिन्तुना एमेच्योर फुटसल प्रतियोगिता पुस अन्तिम साता हुने भएको छ। भिन्तुना युवा क्लब, तेर्सापट्टि , पोखरा-३ को आयोजनामा हुने यो प्रतियोगिता आगामी पुस २६ र २७ गते हुने भएको हो।
प्रतियोगिताको विजेताले एक लाख ११ हजार १११ रुपौँया, उपिवजेता हुने टोलीले ५५ हजार ५५५ रुपौँयासिहत ट्रफी, मेडल प्रमाणपत्र पाउने अर्थ संयोजक राजन श्रेष्ठ ले जानकारी दिनुभयो ।
यस्तै, प्रतियोगितामा विधा तर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ता, उत्कृष्ट डिफेन्डरले सामान ५ हजार पाउने छन् भने फेयर प्ले टिमले पनि ५ हजार पाउने भएका छन्। प्रतियोगितामा क्वाटरफाइनलपछि हरेक खेलको म्यान अफ दि म्याचलाई एक हजारसहित ट्रफी प्रदान गरिने छ।
सहभागि टिमलाई टिम दर्ताको लागि ६ हजार शुल्क तोकिएको छ भने प्रतियोगिताको सबै खेलहरु स्पोर्ट्स क्यासल गैरापाटन पोखरा -४ मा हुनेछ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।