विदेशी सम्बन्धनका कलेजलाई विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चतता अनिवार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

विदेशी विश्वविद्यालय तथा शैक्षिक संस्थाको सम्बन्धनमा सञ्चालित शिक्षण संस्था सञ्चालनसम्बन्धी निर्देशिका २०५९ मा विश्व वरीयतामा एक हजार भित्र रहेका विश्वविद्यालयको कार्यक्रम मात्रै यहाँ सञ्चालन गर्न अनुमति प्राप्त गर्ने र अनिवार्य रुपमा क्युएए प्राप्त गरेको हुनुपर्ने उल्लेख छ । शिक्षा मन्त्रालयको फितलो नियमन र अनुगमनका कारण विदेशी कलेजहरू मापदण्ड र निर्देशिका विपरीत मनोमानी रुपमा सञ्चालन हुँदै आएको विज्ञ सम्मिलित अध्ययन समितिले समितिले जनाएको छ ।

अध्ययन समितिको सुझावअनुसार शिक्षा मन्त्रालयले कलेजहरूलाई क्युएएन प्राप्तिको प्रक्रिया अबिलम्ब थाल्न निर्देशन दिएको उच्च शिक्षा महाशाखाका सहसचिव बैकुण्ठ अर्यालले जानकारी दिए । क्युएए प्राप्तिको प्रक्रिया थालनी गरेको जानकारी मन्त्रलायलाई समेत दिन निर्देशन दिइएको छ । मन्त्रालयले विदेशी कलेजहरूलाई निर्देशानात्मक सूचना जारी गर्दै निर्देशिकाअनुसार ३ वर्षभित्र क्युएए प्राप्त गरिसकेको हुनुपर्ने व्यवस्था स्मरण गएको छ ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षण संस्थाको भौतिक, शैक्षिक लगायत पूर्वाधारको सूचकहरूको आधारमा अनुगमन, मूल्याङ्कन गरि गुणस्तर सुनिश्चितताको मान्यता (क्युएए) दिने र नदिने निर्णय गर्दछ । त्रिवि लगायतका विश्वविद्यालयका कलेजहरूले पनि क्युएए प्राप्त गर्न थालेका छन् । शिक्षा नीतिले पनि उच्च शिक्षा प्रदायक शिक्षण संस्थाले क्युएए प्राप्त गरेको हुनुपर्ने नीति लिएको छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।