पाेखरा , पाैष ६ ।
सामाजिक अध्ययन मञ्च, कास्कीको आयोजनामा सामाजिक अध्ययन बिषयको परिमार्जित पाठ्यक्रम सम्बन्धमा एक दिने गोष्ठी तथा कार्यशाला सम्पन्न भएको छ ।
कार्यशाला गोष्ठीलाई पाठ्यक्रम विकास केन्द्रकी सामाजिक विषयकी पाठ्यक्रम अधिकृत सरस्वती भट्टराइले सहजिकरण गर्नु भएको थियो।
कास्कीबाट पाठ्यक्रम निर्माण कार्यदलमा रोस्टर तथा विषयबिज्ञ रहनुभएका मंचका निवर्तमान र वर्तमान अध्यक्ष द्वय दिनेश अर्याल र गोबिन्द काफ्लेको उपस्थितिम एक दिने गोष्ठी तथा कार्यशालामा कास्कीबाट सुझाब संकलन कार्य सम्पन्न भएको छ।
सामाजिक विषयको परिमार्जित पाठ्यक्रमको सुझाब संकलन कार्यमा कास्कीका लेखक एवं शिक्षकहरु सुर्य गुरुङ, राजिब उपाध्याय, टेकनाथ पौडेल, मंचकी उपाध्यक्ष नारायणी शर्मा गौतम सँगै सामुदायिक र संस्थागत बिद्यालयका ६० जना शिक्षकहरुको उपस्थिति रहेकोे थियो।
पाठ्यक्रम परिमार्जनमा सामाजिक अध्यनलाई सरलीकृत गर्दै विद्यार्थीको उमेर क्षेमता र वर्तमान आवस्यकता अनुसार आधारभूत विषयबस्तुहरु मात्र समेटी जीवनोपयोगी सिप र नैतिक शिक्षालाई आधारभूत तहबाटै माध्यामिक तहसम्मै समाबेश गर्नुपर्ने सुझाब दिईएकाे थियोे , साथै सामाजिक अध्ययनले भविष्यमा देशको लागि काम लाग्ने जनशक्ति उत्पादन, मौलिक पहिचान र स्थानीयकरणलाई संरक्षण गरि सोचमा विश्वव्यापीकरण ल्याउन सक्ने विषयबस्तु समेटिनुपर्ने कुरामा जोड दिईएकाे थियो।
सोहि अवसरमा १६ जना सामाजिक अध्यापन गर्ने शिक्षकले अध्ययन मञ्च, कास्कीको आजीवन सदस्यता लिएको जानकारी मंचका सचिब तिलकप्रसाद काफ्लेले दिनुभयो |
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।