पोखरा ।
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, गण्डकी प्रदेश कार्य समितिले आफ्नो सातौं वार्षिक साधारण सभाको अवसरमा म्याग्दी सचिव करण कँडेल लाई विशेष सम्मान प्रदान गरेको छ।
श्री देव सुमन उत्तराखण्ड विश्वविद्यालयबाट M.Sc. Agronomy विषयमा ७१.४६% अंकसहित उच्चतम् शैक्षिक योग्यता हासिल गरेकोमा कँडेललाई शैक्षिक पुरस्कार–२०८२ अन्तर्गत नगद रु. ५,५५५ सहित सम्मान–पत्र प्रदान गरिएको हो।
“हाम्रो अभियान : अग्रजलाई सम्मान, नवप्रतिभालाई प्रोत्साहन” भन्ने नारासहित आयोजित कार्यक्रममा प्रतिभावान युवाहरूलाई हौसला दिने उद्देश्यले यो सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ।
सम्मान पत्र प्रतिष्ठानका सचिव श्री रामजी पौडेलले प्रदान गर्नुभएको थियो भने कार्यक्रमका प्रमुख अतिथि एवं पूर्व अध्यक्ष प्राज्ञ प्रजापति पराजुली तथा अध्यक्ष श्री राजन कार्कीको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रम २०७५ सालमा स्थापित प्रतिष्ठानको नियमित वार्षिक कार्यक्रमअन्तर्गत मिति २०८२ साल मंसिर २० गते, शनिबार पोखरामा सम्पन्न भएको हो।
आयोजकहरूले सम्मानित कँडेलको उज्ज्वल भविष्यको कामना गर्दै यस्ता कार्यक्रमले युवाहरूलाई प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।