२८ मंसिर २०८१ ,नयाँदिल्ली भारत
भारतीय राजनीति , कला, सस्कृती तथा साहित्यको क्षेत्रमा महत्वपुर्ण भुमिकामा रहनु भएका तत्कालीन लोकसभाका पुर्ब उपप्रधानमन्त्री तथा साहित्यकार बाबू जगजिबन राम जीको ५३ औं अन्तर्राष्ट्रिय बिजय दिबस तथा २०औ अन्तर्राष्ट्रिय दलित सम्मेलन भारतको नया दिल्ली स्थित राजेन्द्र भवन दिनदयाल मार्गमा ११-१२ डिसेम्बर २०२४ मा एक भब्य समारोह बिच सम्पन्न भएको छ ।
उक्त कार्यक्रममा मुख्य अतिथि सामाजिक न्याय आधिकारिकता केन्द्रीय राज्यमन्त्री मा. रामदास जी अठावाले रहनु भएको थियो । भारतीय लोक सभाको पुर्ब सभामुख मा.डा.श्रीमती मीरा कुमार को अध्यक्षतामा उक्त समाहरोहमा भारतीय काङ्ग्रेस आईका प्रवक्ता डा.अंशुल अविजित , भारतीय लोकसभा सांसद मा.सजना जाटवं ,प्रतिनिधि सभाका सांसद मा.हर्कमाया बिक, राष्ट्रिय सभाका सांसद मा.बिष्णु बहादुर बिक ,संविधानसभा सभासद मा.डिबी नेपाली ,राष्ट्रिय दलित आयोगका अध्यक्ष मा. देबराज बिक, राजेन्द्र भवन ट्रष्टका निर्देशक प्रोफेसर अनिल मिश्र, नेपाल भारत दलित मैत्री संघका अध्यक्ष ओमप्रकाश बिक, प्रा.डा. के. एन. खोवा, भारत नेपाल मैत्री संघका अध्यक्ष ओमप्रकाश बिक लगायतले सम्बोधन गर्नुभएको थियोे ।
उक्त सम्मेलनमा नेपाली राजनीतिक, दलित तथा सामाजिक क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्नु हुने महानुभावहरुलाइ भारतीय स्वतन्त्रता संग्रामका महत्त्वपूर्ण योद्धा तथा भारतीय सरकारका तत्कालीन उपप्रधानमन्त्री बाबू जगजीवन रामको सम्मानमा स्थापना गरिएको विभिन्न सम्मान पदकहरु द्वारा सम्मान समेत गरिएको थियो । "Babu Jagjiwan Ram International Award" बाट मा.हर्कमाया बिक,मा. बिष्णु बहादुर बिक,मा. डिबी नेपाली,मा.देवराज बिक,ओमप्रकाश बिक(नवलपरासी ),होम नेपाली(कास्की ),अर्जुनकुमार सुनाम,(स्याङ्जा), उमेश सिके(कास्की ),रघुबिर नेपाली(सुर्खेत ) , शंकर बस्याल (सिन्धुली), कुल बहादुर नेपाली (बाँके),बल बहादुर नेपाली (कास्की ),शालिकराम गोतामे(कास्की /स्याङ्जा ) सम्मानित गरिएको थियो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।