सेभ आवर हिमालय फस्ट नेपालको विशेष साधारणसभा सम्पन्न

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

११ असार २०८२, पोखरा ।
सेभ आवर हिमालय फस्ट नेपालले असार ११ गते पोखरास्थित गण्डकी प्रज्ञा प्रतिष्ठानमा विशेष साधारणसभा सम्पन्न गरेको छ। कार्यक्रम संस्थाका अध्यक्ष तथा संविधानसभा सदस्य माननीय डि.बि. नेपालीको अध्यक्षतामा सम्पन्न भएको हो।

सभामा हिमालय क्षेत्रको संरक्षण तथा संवर्द्धन सम्बन्धी  एजेन्डामा गहिरो छलफल गर्दै सर्वसम्मत रूपमा निर्णय पारित गरिएको छ। १५ वर्षदेखि ग्लोबल वार्मिङ, जलवायु परिवर्तन, जैविक विविधता र हिमाली सामाजिक जीवनका सवालमा निरन्तर काम गर्दै आएको यस संस्थाले भविष्यमा थप सशक्त र समन्वयात्मक अभियान सञ्चालन गर्ने प्रतिबद्धता जनाएकाे छ।

सभामा पारित प्रमुख प्रस्तावहरू यस्ता छन्:

१. हरेक वर्ष वैशाख २३ (May 5) मा "Himalaya Talk: The voice of Himalaya Parbat" सम्वाद कार्यक्रम सञ्चालन गर्ने।
२. प्रकृति संरक्षणका लागि सांस्कृतिक अभियान सञ्चालन गर्ने।
३. विश्वका ८ हजार मिटर भन्दा अग्ला १४ हिमशिखरहरूमा “Save Our Himalaya First, Nepal” सन्देश विश्व समुदायमा पुर्याउनका लागि अभियान सन्चालन गर्ने।
४. सेती वेमौसमी बाढी स्मृति पार्क (Seti Flash Flood Memorial Park) निर्माण।
५. पर्वतीय जलवायु अध्ययन केन्द्र (Mountain Climate Research Center) स्थापना।
६. रुपाताल क्षेत्र वरपर वृक्षारोपण तथा संरक्षण कार्यक्रम।
७. विद्यार्थी केन्द्रित “Pre and Post Monsoon Eyes” चित्रकला प्रतियोगिता आयोजना।
८. हरेक वर्षको विश्व पर्वतीय दिवस (December 11) मा Mountain to Ocean Approach अन्तर्गत दक्षिण एशिया तथा समुद्री राष्ट्र भ्रमण।
९. जलवायु जोखिममा परेका भुगाेल/ क्षेत्रका विस्थापित समुदाय र संकटापन्न बन्यजन्तु संरक्षणका लागि नीतिगत पैरवी।
१०. हिमालय संरक्षण तथा१० मा
हिमालय संरक्षण, जलवायु परिवर्तन, जैविक विविधता संग सम्बन्धित अनुसन्धानमा कार्यरत संघसंस्थाहरूसँग सहकार्य र एक्यबद्धता।

कार्यक्रममा सहभागी सदस्यहरूद्वारा संस्थाले हिमालय क्षेत्रमा वातावरणीय, जैविक र सामाजिक मुद्दामा अझ प्रभावकारी रूपमा काम गर्नुपर्ने आवश्यकता औंल्याइएको थियो।

सेभ आवर हिमालय फस्ट, नेपाल
ग्लोबल वार्मिङ र जलवायु संकटका बीच हिमालय क्षेत्रको दीर्घकालीन संरक्षणमा समर्पित यो संस्था हिमालयको आवाजलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउन अग्रणी भुमिका निर्वाह गर्दै आएकाे छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।