कास्कीमा ६ राजनीतिक दलद्वारा इजरायली आक्रमणको विरोधमा हस्ताक्षर अभियान सुरू गर्ने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

पाेखरा , पाैष ३ । 

कास्कीका ६ प्रमुख राजनीतिक दलहरूले संयुक्त विज्ञप्ति जारी गर्दै इजरायलले प्यालेस्टाइनमाथि गर्दै आएको सशस्त्र आक्रमणको कडा भर्त्सना गरेका छन्। उनीहरूले यस आक्रमणलाई मानवता विरोधी र सभ्य समाजका लागि अस्वीकार्य ठहर गरेका छन्।

विज्ञप्तिमा प्यालेस्टाइनी जनताको बाँच्न पाउने अधिकार, शिक्षा, स्वास्थ्य, धर्म, र पेशा अँगाल्न पाउने आधारभूत अधिकारमाथि गम्भीर उल्लंघन भएको बताइएको छ। विद्यालय, अस्पतालजस्ता स्थानमा इजरायली हमलाले जनसंहारको रुप लिएको र यसले २१औं शताब्दीको मानवीय मूल्यको अवमूल्यन गरेको उनीहरूको भनाइ छ।

यसै क्रममा कास्कीका राजनीतिक दलहरूले प्यालेस्टाइनी जनताको समर्थनमा ऐक्यबद्धता जाहेर गर्न आगामी दुई दिन हस्ताक्षर अभियान सञ्चालन गर्ने घोषणा गरेका छन्।

कार्यक्रमहरू:

मिति: २०८१ पौष ५ गते
समय: दिउँसो १ बजे
स्थान: लखनचोक (पृथ्वीचोक)

मिति: २०८१ पौष ७ गते
समय: बिहान ८ बजे
स्थान: पृथ्वीनारायण क्याम्पस गेट, बगर

संयुक्त विज्ञप्तिमा राजनीतिक दलका नेता, कार्यकर्ता, युवा विद्यार्थी, पेसा व्यवसायी, मानवअधिकारकर्मी, सञ्चारकर्मी, र न्यायप्रेमी नागरिकलाई अभियानमा सहभागी हुन हार्दिक अपिल गरिएको छ।

विज्ञप्तिमा हस्ताक्षर गर्ने नेताहरूमा नेकपा (एकीकृत समाजवादी) कास्कीका उपाध्यक्ष पूर्ण लामा, नेकपा (माओवादी केन्द्र) कास्कीका संयोजक विश्वप्रकाश लामिछाने, नेकपा कास्कीकी प्रतिनिधि सोममाय सी, राष्ट्रिय जनमोर्चा कास्कीका सचिव विष्णु पुरी, क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल कास्कीका सेक्रेटरी बिक्रम थापा, र नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) कास्कीका प्रतिनिधि किरण थापा रहेका छन्।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15