बाढी प्रभावित श्रेष्ठ परिवारलाई नयाँ घर हस्तान्तरण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

घर निर्माणका लागि जनसेवा समाज पाँचथरले पहल गरेको थियो । पाॅच दिन लगाएर जस्तापाताको छानो र बाँसले घेराबारा गरेर दुई कोठा भएको एकतले घर निर्माण गरिएको हो । जुन घर निर्माण गर्न नेपाली सेनाले ५२ र हाम्रो सहारा पाँचथर नामक सामाजिक संस्थाले ७ जना जनशक्ति उपलव्ध गराएको बताइएको छ ।

आवस्यक काठपात सल्लेरी सामुदायिक बन फिदिम ११ ले उपलव्ध गराएको बताइएको छ । जस्तापाता सहितका सामग्री खरिदका लागि फिदिम नगरपालिका-११ का आशिष आङबो, फिदिम नगरपालिका-२ का संखरकुमार थापा मगर, फिदिम नगरपालिका-४ का राजकुमार जोशी, फिदिम नगरपालिका-१ का गजेन्द्र थापा र फिदिम नगरपालिका-४ का राजेन्द्र अधिकारीले आर्थिक सहयोग गरेका छन् ।

जनसेवा समाजले विभिन्न दाता र सुरक्षा निकाय र स्थानीयसँगको साझेदारीमा विपद्‌मा परेका नागरिकलाई सहयोग गर्नका साथै घर नभएका नागरिकलाई निर्माण गरेर हस्तान्तरण गर्दै आएको अध्यक्ष राजेन्द्र अधिकारीले बताए ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15