Gen Z आन्दोलनको समर्थनमा खानेपानी मन्त्री प्रदिप यादवले पदबाट राजिनामा गर्ने घोषणा

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौँ, भदौ २४ , २०८२

हिजो देशव्यापी रूपमा देखा परेको Gen Z युवा आन्दोलनको समर्थन गर्दै खानेपानी मन्त्री प्रदिप कुमार यादवले आफ्नो पदबाट राजिनामा दिने घोषणा गरेका छन्।
उनी जनता समाजवादी पार्टीको केन्द्रीय सचिव तथा मन्त्रीले सामाजिक सञ्जाल मार्फत भनेका छन्,
"प्रिय युवा भाई बहिनीहरु तपाई नै मेरो प्रथम सहयोगी र मेरो जोश र उर्जाका सुत्रधार हुनुहुन्छ । हिजो Gen z युवा पुस्ताले गरेको आन्दोलनको समर्थन र सरकार र प्रशासनद्वारा गरिएको दमनको विरोध गर्दै म आफ्नो खानेपानी मन्त्रालयको मन्त्री पदबाट राजिनामा दिने घोषणा गर्दछु । हामी सबैलाई संयमता अपनाई युवा पुस्तालाई सहि मार्ग दर्शन दिन र सहयोग गर्न अपिल गर्दछु ।"

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।