पाेखरा , २८ असार ०८२
नेपाल समाजवादी पार्टी बाट माओवादी पार्टीमा प्रवेश गर्नुभएको नेता किरण थापाले बावुराम भट्टराईले आफ्नो फेसबुकमा राख्नुभएको माओवादी पार्टीको समिक्षा गरिएको पाेष्टलाई सेेयर गर्दै किरण थापाले माओवादी आन्दोलनभन्दा बहिरबाट माओवादीको रूपान्तरण सम्भव छैन भन्दै डा. बावुराम भट्टराई आँखा खाेल्न आग्रह गरेका छन् ।
"माओवादी आन्दोलन र यसको उपलब्धिबारे डा.बाबुराम भट्टराईको समीक्षात्मक धारणामा असहमत हुनपर्ने कारण छैन । उहाँले माओवादी आन्दोलनलाई नयाँ ढङ्गले पुनर्गठित गर्नुपर्ने आवश्यकतामा जोड दिनुभएको छ जुन अत्यन्त सकारात्मक छ । आन्दोलनको जे जति उपलब्धि छ प्रचण्ड, किरण, बाबुरामलगायत नेतृत्व र नेपाली जनताको साथ सहयोग र बलिदानबाट भएको हो । प्रचण्डलाई नेताको पनि नेता भन्दै आफू प्रचण्डमा विलय भएको घोषणा त तपाईंले नै गर्नुभएको हो ।
आन्दोलनका क्रममा भएका अन्तरपार्टी सङ्घर्ष र वैचारिक सङ्घर्षका विषयमा उहाले राखेका धारणा मूलतः चुनवाङ बैठक, बालाजु प्लेनम, पालुङ्टार प्लेनम, कामीडाँडा बैठक, खरिपाटी भेला, भृकुटीमण्डप प्लेनममा तपाईंले शान्ति, संविधानका पक्षमा लिनुभएको विचार र अडान मूलतः सहि थियो र हामीले साथ दिएका थियौँ । त्यसको लागि नेपाली जनताले तपालाई सम्मान गर्दछ । नेपालको समृद्धि कसरी गर्न सकिन्छ भन्ने दृष्टिकोण र योजना समकालीन नेताहरूमा उहाँ अगाडि हुनुहुन्छ ।
अन्तरसङ्घर्षमा तपाईंको पनि कमजोरी भएको छ । तपाईंको ठिक विपरित राजनितिक लाईन भएका क. किरण क.बादल समुहसँग धोवीघाट गठबन्धन गरी प्रधानमन्त्री बन्न तपाईंले चालेमा कदम सामान्य कमजोरीभन्दा माथि अपराध कै तहमा थिए । जे होस् प्रचण्डलाई हटाएर क. किरणलाई पार्टी प्रमुख बनाउने (प्रकारान्तरले पार्टी फुटाउने) धोवीधाटको सहमति केही तपाईं र किरण पक्षका कामरेडहरूको कारण सफल भएन । हेटौंडा अधिवेशन र बिराटनगर सम्मेलनमा तपाईं म नेतृत्व लिन्छु भनेर प्रतिस्पर्धामा जान पनि नसक्ने र पार्टी निर्णय पनि नमान्ने वा पार्टीलाई अनिर्णयको बन्दी बनाउने काम कुनै क्रान्तिकारी कदम थिएन । ती सबै घटनामा म पनि तपाईंसँगै थिएँ । यहाँ मैले भन्न खोजेको विषय के हो भने कमीकमजोरी सबै पक्ष (प्रचण्ड,किरण,बाबुराम) बाट भएको छ ।
नयाँशक्ति गठन गरेपछि तपाईंको वैचारिक, बौद्धिक र राजनितिक नयाँ परीक्षा भएको छ । पहिले नयाँशक्ति निर्माण एक वर्ष नपुग्दै तपाईं प्रचण्ड र ओलिसँग गठबन्धन गर्न पुग्नुभयो । नारायणकाजीको र तपाईंको गोरखा क्षेत्र नं २ नै चाहिने हठले गठबन्धन छोडियो । पार्टी पहिलो गोलचक्करमा फँस्यो । मदेश केन्द्रित दलहरूसँग एकता र फुटको शृङ्खलाले पार्टी दोस्रो गोलचक्करमा पर्यो् । गत चुनावमा माओवादी पार्टीसँग तिनबुँदे सहमति गरी हसियाहथौडा बोकेर हिँड्नुभयो । तपाईंले निर्वाचित गराएका नेता (फणिन्द्र देवकोटाबाहेक) माओवादी भइसके । तपाईं पार्टी एकताको सहमति र तपाईंले चुनावको बेला सन्ताउन्न ठाउँका माओवादी पार्टी सँग एकता गर्ने भनी गरेका सार्वजनिक प्रतिबद्धताबाट पछाडि फर्कनुभयो । यो तेस्रो गोलचक्कर हो । तपाईं रास्वपासँगको मोर्चाबन्दीको चौथौ गोलचक्करको तयारीमा हुनुहुन्छ । मेरो विनम्र अनुरोध छ नयाँशक्तिलाई कही नपुगिने गोलचक्करबाट निकाल्नुस् । नेपालको राजनितिक इतिहासको सबैभन्दा विशाल र कान्छो क्रन्तिकारी आन्दोलनलाई नयाँ विचार, भाष्य र कार्यक्रम सहित पुनर्गठन गरौं ।
समाजवादी व्यवस्थाको तयारी गर्नु आजको राजनितिक कार्यभार हो । हामीले रूपान्तरणलाई जोड दिएका छौ । रूपान्तरण गर्ने भन्दा स्वयम रूपान्तरित हुने कुरा महत्त्वपूर्ण हो । माओवादी आन्दोलनभन्दा बहिरबाट माओवादीको रूपान्तरण सम्भव छैन । तपाईंले नेपाली जनताको पक्षमा जेजति काम गर्नुभएको छ त्यो माओवादी पार्टीको सदस्य (नेता) भएरमात्र सम्भव भएको हो । तपाईंको उच्च राजनितिक व्यक्तित्व, बौद्धिक ज्ञानक्षमता, अनुभवले खारिएको परिपक्क नेनृत्वले कहीँकतैबाट नेपाली जनताले लाभ लिनसक्छ भने त्यो माओवादी आन्दोलनको माध्यमबाट हो । डा.भट्टराई आँखा खोल्नुस।"
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।