जलवायु परिवर्तनका असर सम्बन्धि सचेतना कार्यक्रम : कास्की देखि दिल्लीसम्म

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बुद्धि बहादुर मिजार
मंसिर २८ शुक्रबार, पोखरा l 

२२औं अन्तराष्ट्रिय पर्वतीय दिवस-२०२४ का सन्दर्भमा वि.सं. २०६९ वैशाख २३ गते सेती नदीमा आएको बेमौषमी बाढी  का पीडित स्थानीय वासिन्दाहरुसंग अन्तरकृया कार्यक्रमबाट शुरु भएको अभियान सेभ आवर हिमालय फस्ट, नेपालका प्रतिनिधिहरुको टोली भारतको राजधानी दिल्लीसम्म पुगेको छ।  अजरवैजानको राजधानी बाकुमा सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलले विश्व समुदायलाई सम्वोधन गर्दै दिएको सन्देशलाई समुन्द्री देशमा सन्देश प्रवाह गर्ने गरी २२औं अन्तराष्ट्रिय पर्वतीय दिवस-२०२४ का सन्दर्भमा सेभ आवर हिमालय फस्ट, नेपालले सेती नदी बेमौषमी बाढी प्रभावित कास्की जिल्ला माछापुच्छ्रे २, खारपानीदेखी भारतको राजधानी दिल्लीसम्मको सप्ताहव्यापी कार्यक्रम तय गरेको हो।
हिमालय देशदेखि समुन्द्री देशसम्म अभियान अनुसार माछापुच्छ्रे तातोपानी देखि दिल्लीसम्मको कार्यक्रम सेभ आवर हिमालय फस्ट नेपालका अध्यक्ष डि.बि. नेपालीज्यूको नेतृत्वमा होम बहादुर नेपाली, उमेश सि.के., बल बहादुर नेपाली, शालिकराम नेपाली कास्की, शंकर बस्याल-सिन्धुली, रघुविर मिजार-सुर्खेत, कुल बहादुर सार्की-बांके, अर्जुन सुनाम-स्याङ्जा
सहित भारत पुगेको टोलीले भारतका लागि नेपालका कार्यवाहक राजदूत डा. सुरेन्द्र थापासँग भेटघाट गरी 
      वेस्ट बंगालका दार्जलिग, मिरिक, खर्सांग जिल्ला र दिल्लीका प्रतिनिधिहरुसंग हिमाल बचाउ अभियानको बैठक सम्पन्न गरिनुका साथै लाल किल्ला, राजघाट, कुतुव मिनार, इन्डियागेट, नेपाली राजदूतावास, पहाडगन्ज लगायत दिल्लीका धेरै स्थानमा व्यानर सहितका कार्यक्रम गरिएको हो। जलवायु उत्पन्न प्रकोपको कारण अपुरणीय क्षति बेहोरेको क्षेत्र र समाजप्रति सद्भाव राख्दै जलवायु सन्तुलनमा नेपालको व्यापक योगदान रहेको भए पनि छिमेकी देशहरुले विकासको नाममा उत्सर्जन गरेको कार्वनडाई अक्साइड लगायतका हानिकारक ग्यांसको उत्सर्जनका कारण वायु प्रदुषणसंगै वृद्धि हुंदै गएको तापामानका कारण हिमालयको हिउँ तिव्रगतिमा पग्लिन गएको र जैविक विविधतामा नकारात्मक प्रभाव परेको छ ।

विविध प्रकारका प्रकोपलाई न्युनिकरण गर्नका लागि संस्थाले पैरवी र जनचेतना फैलाउने काम गरेको स्थानीय तह, प्रदेश, संघ र अन्य निकायसंग समन्वय गरी काम गर्ने योजना रहेको संस्थाका सचिव बुद्धि बहादुर मिजारले जानकारी गराउनु भयो।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।