सुजन आचार्य
पर्वत ।
अङ्ग्रेजी नयाँ वर्ष तथा पुसे १५ को अवसरमा पर्वतमा युवा, पर्यटन तथा सडक महोत्सव शुरु भएको छ ।
अंग्रेजी नयाँ वर्ष २०२५ को अवसर पारेर राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल पर्बत शाखाको आयोजनामा सोमवारदेखि महोत्सव शुरु भएको हो । महोत्सवको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले पर्वतलाई शाहसिक पर्यटनको हब बनाउनुपर्नेमा जोड दिनुभयो ।
आन्तरिक तथा बाह्य पर्यटकको प्रमुख गन्तब्य रहेको पोखरा नजिकै रहेको पर्वत जिल्लालाई शाहसिक पर्यटकहरुको प्रमुख गन्तव्य बनाउने उहाँको भनाई छ । पर्वतमा रहेको नेपालकै अग्ला र लामा झोलुङ्गे पुल, विश्वकै दोस्रो अग्लो बञ्जि, विश्वकै लामो जीपलाईन लगायतका संरचनाका साथै कालीगण्डकीको ¥याफ्टिङ्गले पर्यटकहरु आकर्षित हुँदै गएको बताउँदै पोखरा आउने पर्यटक पर्वत पुग्नैपर्ने गरी विकास गर्नका लागि पर्यटन मन्त्रालयले आवश्यक साझेदारी तथा पहल गर्ने प्रतिवद्धता पनि जनाउनुभएको छ ।
अन्य प्रदेश भन्दा गण्डकी प्रदेश विकासका दृष्टिकोणले अगाडि रहेको बताउँदै मन्त्री बस्यालले पर्यटन, उर्जा र कृषि क्षेत्रलाई सरकारले प्राथमिकता दिएको दाबी पनि गर्नुभयो । उहाँले राजनीतिक स्थायित्व भएमा यहाँको विकासले छिटो गति लिने दावी समेत गर्नुभयो । जिल्लाको आर्थिक विकास तथा पर्वतमा रहेका पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा समेत सहयोग पु¥याउनका लागि राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतले महोत्सवको आयोजना गरेको हो ।
महोत्सव १७ गतेसम्म संचालन हुने भएको छ । कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी अध्यक्ष रिता थापा मगरले मुलुकको आर्थिक समृद्धिका लागि कलाकारहरुको पनि महत्वपुर्ण भूमिका रहेको बताउनुभयो । पर्वतको पर्यटनलाई चलायमान बनाउनका लागि प्रतिष्ठानले आयोजना गरेको महोत्सवको प्रसंसा गर्दै यसलाई सवै मिलेर सफल बनाउन आव्हान समेत गर्नुभयो ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।