नागरिक पहिलाे अभियानः देश बदल्ने अभियानमा जोडिनुहोस्

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं , मंसिर २९

काठमाडौंमा आयोजित एक कार्यक्रममार्फत विभिन्न राजनीतिक, सामाजिक र आर्थिक क्षेत्रमा क्रियाशील अभियन्ताहरूले औपचारिक रुपमा सहकार्य गर्न सुरुवात गरेका छन्।

देशको समसामयिक अवस्थाको समीक्षा

सात वटा संविधानहरु लेखिसक्दा र दर्जनौ सरकारहरु आइ-गड़ रहदा पनि नेपालको राजनीतिक अभिष्ट आज पनि एक चौबाटोमै उभिएको जस्तो देखिन्छ। देशवासीको "स्वाभिमान प्राप्ति" र "समृद्धी आर्जनको यात्राको गतिशील शुरुआत" यी दुइटै आधारभूत आकांक्षाहरु विगत आठ-दशकदेखि नेपाली जनताले गर्दै आएको विभिन्न सङ्घर्ष, आन्दोलन र प्राप्त गरेका साना-ठुला विजयहरुका बाबजुद आज पनि अपूरो नै छन्। यस्तै चिन्ता, चिन्तन र बिश्वासका साथ आज विगतमा विभिन्न संघर्ष र आन्दोलन संग नेत्रित्व तहमा जोडिएका व्यक्तित्वहरु एकै ठाउमा आइ एक नया अठोट गरेका छन्।

कार्यक्रम पछि अभियन्ता कासिन्द्र कबिरले भन्नु भयो, "आजको राजनीति र राजनीतिज्ञहरुको कामकुरालाई हेर्दा नागरिकहरुका यी आकांक्षाहरु पुरा हुने सम्भावना असम्भव देखिन्छ।" अर्का अभियन्ता डम्बर खतिवडाले भन्नु भयो, "आज देश भरीका प्रगतिशील, लोकतान्त्रिक र समावेशी सोचहरु र प्रयासहरुको एकसाथ आउनु नेपालको राजनीतिक, आर्थिक र सामाजिक विकासको यात्रालाई समृद्ध बनाउने एतिहासिक आबश्यकता बन्न गएको छ।"

बैठकको ठहर थियो- यस्ता सोचहरु र प्रयासहरुको मिलन एउटा शक्तिशाली परिवर्तनको संवाहक बन्न जान्छ। तर यस प्रयासले यो यात्रा लोकतन्त्रको उच्चतम सिद्धान्तहरू अभ्यास गर्दै, विकासवादी सोचलाई बढावा दिँदै, समावेशी राज्य, समाज र अर्थतन्त्रको निर्माणको वकालत गर्दै, हालसम्म हासिल भएका प्रगतिशील परिवर्तनहरूको रक्षा गर्दै थालनी गर्नु पर्ने हुन्छ।

सहकार्यको घोषणाले भनेको छ, "वैश्विक अनुभवले विभेद र बेथितिको छुट्टाछुटै लडाई उपलब्धिमुलक नभएको संकेत गर्दछ। "स्वाभिमान वा पहिचान" र "समृद्धी वा समतामुलक विकास" एउटै सिक्काका दुइटा पाटाहरु हुन्। यी दुइटै अन्तरसम्बन्धित र अन्तर्निहित प्रयोजनहरु हुन्। स्वाभिमान विनाको समृद्धि खोक्रो र अस्थिर हुन्छ। समृद्धि बिना स्वाभिमानको स्थापना र जगेर्ना असम्भव हुन्छ। नागरिक स्वाभिमानको संरक्षण गर्न र नागरिक सम्रिधीको सम्बर्धन गर्न, "विभेद र बेथिति" को समूल अन्त्य गर्ने एकत्रित लक्ष्यले मात्र हाम्रो देश नेपालको प्रगतिशील, लोकतान्त्रिक र समावेशी राजनीतिक धारलाइ नविन शक्ति र सान्दर्भिकता दिनेछ। हामी सबैलाई अहिले सम्मको प्राप्त उपलब्धीहरुलाई संरक्षित गर्दै एक नया र बिस्तारित लक्ष्यका साथ अगाडी बढ्ने प्रेरणा दिनेछ।"

अभियन्ता प्रशान्त सिंहले भने, "नागरिकहरुको स्वाभिमान र समृद्धीले नै एक राष्ट्रलाई पनि स्वाभिमानी र समृद्ध बनाएको हुन्छ। त्यसैले स्वशासन र सुशासन दुइटैको केन्द्रमा नागरिक हुन्छन। नागरिक प्रथम, नागरिक पहिलो अथवा People First सुत्रको अवधारणाले काम गरेको राज्यले मात्र स्वशासन र सुशासनको प्रत्याभूति गराउन सक्दछ।"

अर्का अभियन्ता सरोज राय ले भन्नु भयो, "यस एतिहासिक प्रयासमा विचार, संसाधन र व्यक्तित्वलाइ झनै संगठित गर्दै, प्रत्येक नेपालवासीको "स्वाभिमान" र "समृद्धि" को संरक्षण र सम्वर्धन गर्न हामी प्रतिबद्ध छौं।"

सहकार्यका लागि अपील
अभियानले लोकतान्त्रिक, प्रगतिशील, र समावेशी सोच भएका सबै नागरिक, समूह, र संस्थाहरूलाई यस प्रयासमा सहभागी हुन आह्वान गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15