नेपालमा नयाँ सोच, दृष्टिकोण सहितको प्रतिबद्धता भएको शक्तिको खाचोँ छ - ज्ञानु आचार्य

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

ज्ञानु आचार्य , ९ पाैष । 

नेपालको राजनीतिक प्रणाली दशकौंदेखि परम्परागत राजनीतिक शक्तिहरूको प्रभुत्वमा रहँदै आएको छ। तर, यो प्रभुत्वले जनताको आधारभूत आवश्यकतामा भन्दा व्यक्तिगत स्वार्थमा ध्यान केन्द्रित गरेपछि जनताको निराशा र आक्रोशले नयाँ सम्भावनाको ढोका खोल्न थालेको छ।

नेपालमा लामो समयदेखि क्रियाशील परम्परागत राजनीतिक शक्तिहरूले भ्रष्टाचार, कुशासन, र सत्ताको दुरुपयोगको शृंखला बढाईरहेका छन्। जनताका समस्याहरू, जस्तै: बेरोजगारी, शिक्षा, स्वास्थ्य, र आर्थिक विकासमा ध्यान दिनुभन्दा पनि ती शक्तिहरू आफ्नो स्वार्थसिद्धिमा केन्द्रित रहेका छन्।

पुराना राजनीतिक दलहरूले गरेको असफलताले जनतामा निराशा र आक्रोश मात्र ल्याएको छैन, राजनीतिक प्रणालीमै गहिरो विश्वासको संकट पनि जन्माएको छ। बेरोजगारी, गरिबी, कमजोर प्रशासन, र भ्रष्टाचारले जनताका आधारभूत अधिकारलाई समेत खतरामा पारेको छ।
यस अवस्थामा, एक यस्तो शक्ति आवश्यक छ, जसले नयाँ विचार, योजना, र कृतिमानमार्फत राजनीतिक प्रणालीलाई समाज र जनताका लागि उपयोगी बनाओस्।

पुराना शक्तिहरूको गढ भत्काउन, जनतामा विश्वास निर्माण गर्न, र राजनीतिक परिवर्तनका लागि ठोस योजना तयार गर्न समय र प्रयास आवश्यक छ।
नेपालको राजनीतिक इतिहासले प्रमाणित गरिसकेको छ कि परिवर्तन सजिलो हुँदैन। तर, यो आवश्यक छ। अब पुराना शक्तिहरूसँगको सम्झौताबाट अलग हुँदै, नयाँ वैकल्पिक शक्तिको निर्माणमा सबै लाग्नुपर्छ।
नयाँ नेपाल बनाउन नयाँ सोच, दृष्टिकोण सहितको  प्रतिबद्धता जाहेर गर्दै युवा शक्ति राजनीति क्षेत्रमा जुरमुराउनु आवश्यक देखिन्छ । 

 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15