पोखरा, २७ वैशाख २०८२
नेपाल समाजवादी पार्टी नयाँ शक्ति (नेसपा नयाँ शक्ति) पोखरा महानगरपालिकाको प्रथम अधिवेशन शनिबार पोखरामा सम्पन्न भएको छ। रेशम सापकोटाको अध्यक्षतामा आयोजित कार्यक्रममा नेसपा नयाँ शक्तिका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटा प्रमुख अतिथिका रूपमा उपस्थित थिए।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू टिकाराम पौडेल, दुर्गा गुरुङ, कर्ण गुरुङ र राजेश आलेको समेत उपस्थिति रहेको थियो। अधिवेशनले ९ जना पदाधिकारीसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ।
नवगठित कार्यसमितिको अध्यक्षमा तिलक तिवारी, उपाध्यक्षमा सरिता क्षेत्री र भगवान पहारी, सचिवमा विशाल तिमिल्सिना, सहसचिवमा डा. लक्ष्मण तिमिल्सिना र कोषाध्यक्षमा भुवानी भुगाईं निर्वाचित भएका छन्। सचिव तिमिल्सिनाले नवगठित समितिको तर्फबाट जानकारी दिएका हुन्।
नवनिर्वाचित अध्यक्ष तिलक तिवारीले पोखरा महानगरपालिकाका हरेक गतिविधिमा पार्टीको सक्रिय उपस्थिति रहने प्रतिबद्धता जनाउँदै महानगरवासीको जनजीविकामा प्रत्यक्ष सहभागी भई नागरिकप्रति उत्तरदायी हुने उद्घोष गरेका छन्।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।