रवि र छविविरुद्ध चितवनमा पनि उजुरी

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

बचतकर्ताले साहारा सहकारीबाट नियमविपरीत १० करोड ८० लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर हिनामिना गरेको भन्दै लामिछाने र जोशीविरुद्ध उजुरी दिएका हुन् । चितवन–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य लामिछाने गोर्खा मिडियाका पूर्वप्रबन्ध निर्देशक र जोशी पूर्वउपाध्यक्ष हुन् । उनीहरू दुवै सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुर अनुसन्धानका लागि कास्की प्रहरीको हिरासतमा छन् । गोर्खा मिडियाका अध्यक्ष गितेन्द्रबाबु (जीबी) राईविरुद्ध भने साहाराका बचतकर्ताले यसअघि नै उजुरी दिएका थिए ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक (एसपी) गौतम मिश्रले बचतकर्ताको पूरक उजुरी आएको पुष्टि गर्दै त्यसमाथि थप अध्ययन गरेर अनुसन्धान अगाडि बढाउने बताए । यसअघि गत वर्ष असोज ९ मा साहाराका बचतकर्ताले रकम हिनामिनाविरुद्ध प्रहरीमा उजुरी दर्ता गराएका थिए । त्यसमाथि छानबिन गरेर १७ जनाविरुद्ध जिल्ला अदालतमा मुद्दा चलाइएको थियो । मुद्दा दायर गर्दा जिल्ला न्यायाधिवक्ता (सरकारी वकिल) को कार्यालयले साहारा चितवन सहकारीको रकम गएको देखिएको गोर्खा मिडियामाथि थप अनुन्धान गर्न पनि प्रहरीलाई निर्देशन दिएको थियो । यस विषयमा अनुसन्धान भइरहेको र अनुसन्धान सकिएपछि पूरक अभियोगपत्र अदालत लगिने प्रहरीले जनाएको छ ।

यसअघि अदालतमा दायर अभियोगपत्रमा ४ सय ४६ जना पीडित बचतकर्ताको ३७ करोड ६५ लाख ८४ हजार ५४६ रुपैयाँ भराउनुपर्ने देखिएको उल्लेख थियो । सहकारीमा ५२ करोड ३२ लाख ८५ हजार ३ सय ८ रुपैयाँ बचत जम्मा भएको अनुसन्धानले देखाएको थियो । कुल बचतकर्ता ६ हजार ३ सय ३४ जना छन् । बचत रकम र हाल दाबी गरेको रकममा फरक देखिएको १४ करोड ६७ लाख ७६२ रुपैयाँ भने पछि बचतकर्ताहरूको उजुरी परेका बखत कानुनबमोजिम हुने अभियोगपत्रमा उल्लेख छ ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15