सुजन आचार्य
बागलुङ २० पुस , २०८१
करिव ३ सय बर्ष देखि बागलुङ सदरमुकाममा स्थायी बसाेबास गर्दै आइरहेकाे नेवार समुदायले बागलुङ सदरमुकाम काठमाडौं सम्पदा संरक्षण समाज संग मिलेर
सांस्कृतिक कार्यक्रम आदानप्रदान गरेको छ ।काठमाडौंकाे प्रसिद्ध धिमे नाँच ,कुमारी नाँच ,प्रदर्शन गर्या भने बागलुङको ऐतिहासिक हनुमान नाँच र लाँखे नाँच प्रदर्शन गर्या ।
सम्पदा संरक्षण समाज काठमाडौंले प्रत्येक बर्ष झै यश बर्ष काठमाडौंमा रहेको संस्कृति लाई गण्डकी प्रदेशको दाेस्राे ठूलो ब्यापारी केन्द्र बागलुङमा प्रदर्शन गरेको छ ।
सम्पदा संरक्षण समाज नेपाल काठमाडौं र नेपाल भाषा मंका खल लगायतका संघसंस्था संग समन्वय गरेर बागलुङ सदरमुकामकाे बाघ चाेकमा काठमाडौं र बागलुङको सांस्कृतिक कार्यक्रम प्रदर्शन गरेर संस्कृति आदानप्रदान गरेको हाे ।
हरेक बर्ष नेवार समुदायको बाख्लाे वस्ती भएको ठाउँमा पुगेर काठमाडौंकाे संस्कृतिको परिचय दिने उदेश्यले आफ्नो कार्यक्रम देखाउने गरेको सम्पदा संरक्षण समाज नेपालका अध्यक्ष सुरेश सायमी मानन्धरले बताए ।
बागलुङको संस्कृति र काठमाडौंकाे संस्कृति आदानप्रदान गर्ने उदेश्यका साथ कार्यक्रम आयोजना गरिएको समाजका सचिव अन्जु रायमाझीले बताए ।
नेपालकाे कला र संस्कृति नेवार समुदायले संरक्षण गर्दै आइरहेको नेपालमा भित्रीने बिदेशी पर्यटकलाई नेवारी संस्कृतिले आकर्षित गर्ने गरेको नेपाल भाषा मंका खलका अध्यक्ष जयराम भारीले बताए ।
नेपाली संस्कृति संरक्षण गर्न नेवार समुदायको भुमिका महत्त्वपूर्ण रहेको हुदा यसलाई सबैले मिलेर संरक्षण गर्न जरुरी भएको बागलुङ नगरपालिकाका उप प्रमुख राजु खड्काले बताए ।
कला संस्कृति लाई जाेगाएर राख्न धेरै गार्हो छ ३ सय बर्ष सम्म संस्कृति जाेगाएर बागलुङको हनुमान नाँच राख्नु सकारात्मक पक्ष भएको प्रमुख जिल्ला अधिकारी नेत्र सुवेदीले बताए ।
बागलुङ जिल्लामा ३ सय बर्ष देखि बसाेबास गर्दै आएका नेवार समुदायले उपत्यका बाट आउदा आफुले ल्याएकाे नेवारी संस्कृति अहिलेसम्म बचाइ राख्न सफल मात्र भएको छैन यसलाई समय समयमा प्रदर्शन गर्ने नयाँ पुष्ठामा हस्तान्तरण गर्दै आइरहेको छ ।
बढ्दै गएको शहरी करण संगै बागलुङ बाट अधिकांश नेवार समुदाय काठमाडौं पाेखरा बुटवल लगायतका ठाउँमा बसाइँसराइ गर्दै गएपछि भएका सिमित नेवार समुदायलाई आफ्नो कला र संस्कृति संरक्षण गर्न हम्मेहम्मे परेको छ ।
नेपाल भाषा मंका:खलका अध्यक्ष जयराम भारीकाे अध्यक्षतामा भएको कार्यक्रम संचालन राजेश भारीले गरेका थिए ।
प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।