वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपातको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीको गम्भीर ध्यानाकर्षण

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ माघ २०८१

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि काठमाडौं जिल्ला अदालत परिसरमा भएको हातपातको घटनाप्रति राष्ट्रिय स्वतन्त्र पार्टीले गम्भीर ध्यानाकर्षण जनाएको छ।

पार्टीले आज विज्ञप्ति जारी गर्दै अदालत परिसरजस्तो संवेदनशील स्थानमा भएको यस्तो घटना कानुनी शासन, न्यायप्रति विश्वास र सुदृढ राजनीतिक अभ्यासका लागि कदापि स्वीकार्य नरहेको जनाएको छ।

घटनामा पार्टीका कुनै सदस्यको संलग्नता पाइएमा पार्टी विधानअनुसार कारबाही गरिने स्पष्ट पार्दै पार्टीका प्रवक्ता (कार्यवाहक) मनिष झाले दोषी जोसुकै भए पनि कानुनअनुसार कारबाही गर्न सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

विज्ञप्तिमा राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले पनि घटनाबारे ध्यान दिएको र दोषीमाथि यथोचित कारबाही गर्न कटिबद्ध रहेको उल्लेख गरिएको छ।

यस घटनाले न्यायप्रणाली र कानुनी प्रक्रियाप्रतिको नागरिक विश्वासमा नकारात्मक प्रभाव पार्न सक्ने भन्दै पार्टीले घटनाको छानबिनलाई निष्पक्ष बनाउन अपिल गरेको छ।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15