तामाङ चलचित्र निर्देशक संघको वार्षिक उत्सवमा : अमृत थिङ तामाङ सम्मानित ।

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २७ माघ ०८१। 
तामाङ समुदायको महान सांस्कृतिक पर्व मञ्जुश्री सम्बत् १८६१ डुल ल्हो (सापुखी, सर्प वर्ष) राष्ट्रिय सोनाम ल्होछारको अवसरमा तामाङ चलचित्र निर्देशक संघले वार्षिक उत्सव, स्रष्टा सम्मान तथा सांस्कृतिक कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

छरिएर रहेका तामाङ चलचित्र निर्देशकलाई एकरूपता दिने उद्देश्यले गठन भएको संघद्वारा आयोजित यो विशेष कार्यक्रम राष्ट्रिय नाचघर, जमलमा आयोजना गरिएको थियो। कार्यक्रममा शुभकामना आदानप्रदान, विविध सांस्कृतिक प्रस्तुति तथा तामाङ कला, भाषा, धर्म, संस्कृतिको प्रवर्द्धनमा योगदान पुर्‍याउने व्यक्तित्वहरूलाई सम्मान गरेकाे छ।

सोही अवसरमा नेपाल तामाङ घेदुङका संघीय सदस्य तथा चितवन जिल्ला इन्चार्ज अमृत थिङ तामाङलाई तामाङ चलचित्र निर्देशक संघले विशेष प्रशंसा-पत्र प्रदान गरेकाे छ। चलचित्र क्षेत्रमा  पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गरेर सम्मानित गरेकोे थियोे। संघका अध्यक्ष केबी घिसिङ तामाङ , महासचिव विनय दोङ तामाङ, प्रमुख अतिथि पूर्व उर्जा राज्यमन्त्री सूर्यमान दोङ (लालध्वज)ले संयुक्त रूपमा सम्मानपत्र प्रदान गरेका थिए।

तमाङ चलचित्र निर्देशक संघले २८६१ डुल राष्ट्रिय सोनाम ल्होछारको अवसरमा  सहभागी सम्पूर्णलाई दिर्घायु, सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दै तामाङ समुदायको भाषा, धर्म, कला, संस्कृति प्रवर्द्धन तथा एकता र विकासका लागि निरन्तर सहकार्य गर्नुपर्ने जाेड कार्यक्रमका प्रमुख अतिथि दाेङले व्यक्त गरेका थिए।

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15