स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा रवि लामिछाने ६० लाख धरौटीमा रिहा, बैंक ग्यारेन्टी मार्फत रकम बुझाए

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं, २ माघ २०८१

स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा काठमाडौं जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रवि लामिछानेलाई रु. ६० लाख धरौटीमा रिहा गर्न आदेश दिएको छ। लामिछानेले धरौटी रकम प्रभु बैंकको बैंक ग्यारेन्टी मार्फत बुझाएका छन्।

मुद्दाको पृष्ठभूमि:

सहकारीका बचतकर्ताहरूले सहकारी सञ्चालकहरूले रु. १ अर्ब १९ करोड ४९ लाख रुपैयाँ हिनामिना गरेको आरोप लगाएका थिए। बचतकर्ताहरूको रकम फिर्ता नगरी सहकारीका सञ्चालकहरू फरार भएको र रकम विभिन्न कम्पनीहरूमा लगानी गरिएको उजुरी परेको थियो।

अदालतमा पेश भएका विवरणहरू अनुसार गोरखा मिडिया नेटवर्क प्रा.लि.को खातामा स्वर्णलक्ष्मी सहकारीको रकम स्थानान्तरण भएको भेटिएको छ। रवि लामिछाने गोरखा मिडिया नेटवर्कका शेयर होल्डर र प्रबन्ध निर्देशक रहेको पाइएको छ। लामिछानेको हस्ताक्षरबाट चेक काटी सहकारीको रकम विभिन्न खाताहरूमा स्थानान्तरण भएको देखिएको छ। सहकारीबाट लामिछानेको नाममा विभिन्न किसिमका फोर ह्वीलर लोन र भ्यान लोन लिएको प्रमाण भेटिएको छ।

रवि लामिछानेले अदालत र अनुसन्धान अधिकारीहरू समक्ष आफ्नो निर्दोषित दाबी गर्दै भनेका छन्: गोरखा मिडिया नेटवर्कका वित्तीय निर्णयमा आफ्नो कुनै संलग्नता छैन। सहकारीबाट रकम लिने वा त्यसको व्यवस्थापनमा आफू प्रत्यक्ष रूपमा सहभागी नभएको, गोरखा मिडियाको सम्पूर्ण आर्थिक नियन्त्रण प्रमुख लगानीकर्ता गितेन्द्र बाबु राईसँग रहेको र सहकारीबाट आएको रकम आफूले व्यक्तिगत रूपमा उपयोग नगरेको बयान दिएका छन् । 


अदालतको आदेश

न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई रु. ६० लाख धरौटी बुझाएर रिहा गर्न आदेश दिएको छ । साथै , फरार रहेका अन्य अभियुक्तहरूको खोजीका लागि पकाउ पूर्जि जारी गरिएको र प्रमाण परीक्षणका लागि मुद्दा प्रक्रियालाई अघि बढाउन निर्देशन दिएको छ । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15