वैदेशिक रोजगारीका चुनौती र समाधान खोज्न भाेलि अन्तरक्रिया कार्यक्रम हुने

शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:

काठमाडौं , ०५ पाैष ।

वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले भोग्दै आएका समस्या र यसको समाधानका उपायहरूबारे छलफल गर्न भोलि शनिबार एक अन्तरक्रिया कार्यक्रम आयोजना हुने भएको छ।
नागरिक प्रथम अभियानको आयोजनामा हुने यस कार्यक्रममा पूर्व राजदूत नवराज सुवेदी र नागरिक अभियन्ता सरोज राय प्रमुख वक्ताको रूपमा रहनेछन्। कार्यक्रम दिउँसो १ बजे जस्टिस फर अल नेपाल (ल फर्म) को सभा हल, सिंहदरबारको पूर्वी गेट, अनामनगरमा हुने आयाेजक टिमले जनाएको छ ।
कार्यक्रममा वैदेशिक रोजगारीमा देखिएका समस्याहरू, राज्यको नीतिगत कमजोरी र यसको समाधानका उपायहरूबारे विस्तृत छलफल हुनेछ। विशेष गरी, वैदेशिक रोजगारीमा जाने नेपाली कामदारहरूले भोग्नुपरेको श्रम शोषण, मानव तस्करी, ज्याला कटौतीजस्ता समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्ने विषयमा जोड दिइने  अभियान्ता प्रशान्त सिंहले जानकारी दिनुभयो । 

प्रकाशित कुनै सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई jagaunnepalmedia@gmail.com मा पठाउनु होला । धन्यवाद ।


ताजा अपडेट
विद्युतीय अपराधको आरोपमा एकबहादुर के.सी. निर्दोष, सरकारको अभियोग दाबी खारेज
25-Jestha-2083 12:48:37
एकल महिला समूह कास्कीकाे अधिवेशन: बिष्णु श्रेष्ठकाे नेतृत्वमा नयाँ समिति चयन
20-Jestha-2083 6:35:57
एकल महिलाको सशक्तीकरणका लागि तीनदिने नेतृत्व विकास, कानुनी सचेतना तथा मनोसामाजिक परामर्श …
20-Jestha-2083 6:35:57
"कम्युनिस्ट पार्टी लाई कसरी सुदृढीकरण बनाउने ? "- ज्ञानु आचार्य
03-Chaitra-2082 8:58:13
जेन्जी आन्दोलनका मुद्दा फिर्ता गर्न माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीलाई आग्रह
27-Falgun-2082 3:54:40
नेपाली कम्युनिष्ट पार्टीद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि विस्तृत प्रतिबद्धतापत्र सार्वजनिक : आर्थिक समृद्धि …
28-Magh-2082 9:12:15