डा. डि.बि. सिंह स्मृति फाउण्डेशनको प्रथम साधारण सभा सम्पन्न, नयाँ कार्य समिति चयन
पोखरा, ११ असार २०८२
डा. डि.बि. सिंह स्मृति फाउण्डेशनको प्रथम साधारण सभा आज पोखरा–११, रानीपौवा स्थित होटल टप्समा सन्त बहादुर घिसिङको अध्यक्षतामा सम्पन्न भएको छ। कार्यक्रममा प्रकृति–मानव केन्द्रित जन अभियान नेपालका अध्यक्ष बिन्दुराज सापकोटा प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो।
साधारण सभाले सन्त बहादुर घिसिङको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्य समिति …