सरकार र युनिसेफबीच खानेपानी र सरसफाईका क्षेत्रमा सहकार्य गर्न समझदारी
काठमाडौँ, २ माघ २०८१
खानेपानीमन्त्री प्रदीप यादव तथा नेपालका लागि युनिसेफका प्रतिनिधी एलिस् अकुङ्गाबीच खानेपानी तथा सरसफाईको क्षेत्रमा सरकार र युनिसेफको संयुक्त साझेदारीबाट आगामी कामहरु अगाडि बढाउने विषयमा समझदारी भएको छ ।
आज मन्त्रालयमा मन्त्री यादवसँग नेपालका लागि युनिसेफका प्रतिनिधी अकुङ्गासँगको छलफलका क्रममा सो समझदारी भएको हो । छलफलकै …